Todays Date: २०८३ जेष्ठ १२

‘आचार्य’को छायांकनका लागि भारत उडे निखिल र सञ्चिता

image 21

अभिनेता निखिल उप्रेतीको ड्रिम प्रोजेक्ट ‘आचार्य’को छायांकन भारतको पश्चिम बंगालमा हुने भएको छ । फिल्मको टोली मंगलबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको हो । फिल्मको छायांकन टोलीमा मुख्य अभिनेता तथा निर्देशक निखिल उप्रेती, निर्मात्री एवं अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पुर्णिका सिंजापती, छायांकार मनु बिके र मुख्य सहायक निर्देशक सयनम अधिकारी छन् ।

आचार्यको छायांकन अगस्ट २२, शुक्रबारबाट डुअर्सबाट सुरु हुनेछ । पहिलो चरणमा बाग्डोरा, सिलिगुरी र ठाकुरगञ्जमा पनि फिल्मको छायांकन गरिनेछ । दोस्रो चरणको छायांकन मुम्बई, नासिक र झारखण्डमा हुनेछ भने तेस्रो चरणमा यो फिल्म नेपालमा खिचिनेछ। निखिलका अनुसार, ६० दिनमा फिल्मको सम्पूर्ण छायांकन सक्ने लक्ष्य राखिएको छ । ‘आचार्य’ एक विश्वस्तरीय एक्सन फिल्म हुने उनले बताएका छन् ।

यस फिल्ममा निखिलसँगै पुर्णिका सिंजापती, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी लगायतका कलाकारको मुख्य भूमिका रहनेछ। यसमा बलिउड र दक्षिण भारतीय फिल्मका केही चर्चित कलाकारको पनि अभिनय रहने चर्चा छ, तर निखिलले यस विषयमा थप जानकारी दिन चाहेनन् । यसै फिल्मबाट अभिनेत्री सञ्चिता लुइँटेलले कोरियोग्राफीमा डेब्यु गर्दैछिन्। नेपाली र हिन्दी भर्सनको एक गीतमा उनले कोरियोग्राफी गर्ने बताइएको छ। सन् २०१५ मा रिलिज भएको ‘भैरव’ पछि निखिलको निर्देशनमा बन्न लागेको यो दोस्रो फिल्म हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x