
महानायक राजेश हमालले नेपाली भएकोमा यति लाज महसुस कहिल्लै नभएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै महानायक हमालले नेपाली भएकोमा यति लाज महसुस कहिले गरेको उल्लेख गर्दै आजको दिन नेपालको ईतिहासमा सबैभन्दा पिडादायी दिन बनेको बताएका हुन् ।
उनले आज भएको जेनजी आन्दोलनमा डेढ दर्जनभन्दा बढी युवाको मृत्यु भएपछि यस्तो टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्, ‘हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौं, उनीहरूको वर्तमानसमेत खोसिरहेका छौं। म विदेश यात्रा गर्दैछु। नेपाली भएकोमा यति लाज महसुस मैले कहिल्यै गरेको थिइन्।’