Todays Date: २०८३ जेष्ठ १२

कात्तिक १४ मा ‘जारी २’

jaar2

जेनजी आन्दोलनको कारण देखाउँदै फिल्म ‘जारी २ः सङ अफ च्याब्रुङ’ पूर्व निर्धारित मितिबाट सरेर १४ कात्तिकमा पुगेको छ । कवि तथा निर्देशक उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म यसअघि ३ असोजमा रिलिज हुने तयारीमा थियो ।

फिल्मका निर्माता रामबाबु गुरुङले अन्तरिम सरकार गठनसँगै जनजीवन सामान्य बन्दै गएकाले पूर्व निर्धारित मितिलाई तत्कालका लागि स्थगित गरेर फिल्म १४ कात्तिकमा रिलिज गर्न लागेको बताए । ‘राजनीतिक परिदृश्य के हुने हो भन्ने टुंगो थिएन । तर अन्तरिम सरकार गठनसँगै जनजीवन पनि सामान्य बन्दै गएकाले नयाँ रिलिज मिति ल्याएका हौँ । हामीले तोकेको मितिसम्म सर्वसाधारणले दसैँ र तिहारजस्ता महत्वपूर्ण चाड बनाएर पुनः काममा फर्किएको अवस्था हुन्छ । दसैँ र तिहारको थकानमा परेका दर्शकहरूले फिल्म हेरेर मनोरञ्जन लिनुहुनेछ भन्ने विश्वाससहित १४ कात्तिकमा फिल्म ल्याउन लागेका हौँ,’ उनले भने ।

फिल्म ‘जारीः सङ अफ च्याब्रुङ’ २ वर्षअघि रिलिज फिल्म ‘जारी’को सिक्वेल हो । ‘जारी’ले बक्सअफिसमा १७ करोड रुपैयाँ बढीको व्यापार गरेको थियो । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘जारीः सङ अफ च्याब्रुङ’मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, वेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x