Todays Date: २०८३ बैशाख १८

‘माइतीघर’ले दर्शकलाई हँसाउँदै रुवाउने र पूर्ण पारिवारिक मनोरञ्जन दिन्छ- धीरज मगर

dhiraj

दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘माइतीघर’ लाई लिएर अभिनेता धीरज मगर निकै उत्साहित छन् ।

अभिनेता मगरको यो पहिलो मल्टिस्टारर सिनेमा हो, जसको स्क्रिप्टले उनलाई दुई वर्षअघि नै लोभ्याएको थियो । स्क्रिप्ट पढ्नेबित्तिकै धीरजले यसमा काम गर्ने निर्णय गरे ।

धीरजका अनुसार ‘माइतीघर’ ले तामाङ संस्कृतिको सेरोफेरोमा चेली र माइतीघरको सम्बन्धलाई गहन रूपमा प्रस्तुत गर्दछ, जुन पक्षले उनलाई यस सिनेमामा आबद्ध हुन प्रेरित गर्‍यो ।

चलचित्रमा धीरज दर्शकमाझ एक ‘ग्रे सेड’ भूमिकामा देखा पर्नेछन् । उनको पात्र पूर्ण रूपमा नकारात्मक नभई जटिलता र द्विविधाले भरिएको छ । ट्रेलरमा उनी कहिले प्रहरीको भेषमा त कहिले विदेशी लाहुरेको रूपमा देखिन्छन्, जसले दर्शकमा उनको पात्रबारे कौतुहल जगाएको छ।

धीरज भन्छन्, “मेरो पात्र पूरै नकारात्मक नभए पनि ग्रे सेडमा छ। यही पात्रको यात्रा नै मलाई मनपरेको हो ।”

निर्देशक मिलन तामाङको निर्देशनमा बनेको यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा धीरज विश्वस्त छन् । उनले भने कि दर्शकहरू हाँस्दै र रुँदै फिल्म हेर्नेछन्, र यसको क्लाइमेक्सले विशेष छाप छोड्नेछ ।

“फिल्म हेर्दा दर्शक हाँस्दै-हाँस्दै रोउछन् भन्नेमा ढुक्क छु,” उनले थपे, “यो पारिवारिक फिल्म दशैंको अवसरमा नेपाली दर्शकलाई रमाइलो समय बिताउने उत्कृष्ट मनोरञ्जन दिनेछ ।”

‘माइतीघर’ ले दर्शकलाई हँसाउँदै रुवाउने र पूर्ण पारिवारिक मनोरञ्जन प्रदान गर्ने उनले वाचा गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x