Todays Date: २०८२ कार्तिक १९

अमेरिकाबाट फर्किएपछि गायिका एलिना चौहानले भनिन्- नोकरझैँ व्यवहार गरियो

eleena

गायिका एलिना चौहान संयुक्त राज्य अकेरिकाकाे एक महिनाभन्दा लामाे टुर सकेर फर्केकी छन् । काठमाडौं ओेर्लिनासाथ उनले आफूहरूलाई अमेरिका लैजाने आयाेजकप्रति आक्राेश पाेखिन् । याे भ्रमण आफ्नाेलागि ठूलाे सिकाइ भएकाे एलिनाकाे भनाइ छ ।

भ्रमणका क्रममा आफू र सहकर्मी कलाकारमाथि नाेकरजस्ताे व्यवहार भएकाे उनकाे टिप्प्णी छ । सामाजिक सञ्जालमा एलिनाले लेखेकी छन्, `जस्तो छ, त्यस्तै भन्छु, यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो । कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो । कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो।´

आयोजकले कलाकारको संरक्षकको भूमिका निर्वाह गर्नुपर्नेमा मालिकजस्तो व्यवहार गरेको आरोप उनले लगाएकी छन् । `कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ,´ उनले थपिन् । यो अनुभवले धेरै कुरा सिकाएको उल्लेख गर्दै उनले आगामी दिनमा कुनै पनि कलाकारले यस्तो अपमान सहन नपरोस् भन्ने कामना गरेकी छन् ।

एलिनासँगै गायक प्रताप दास र बद्री पंगेनीले अमेरिकाका विभिन्न शहरमा सांगीतिक कार्यक्रम गरेका थिए । एलिना र प्रताप सँगै फर्केका हुन् । यसअघि सँगै अमेरिका गएकी गायिका कला लम्साल अस्वस्थ भएपछि आयाेजकले जबरजस्ति फर्काएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x