Todays Date: २०८३ जेष्ठ १६

याङ्जाकोटमा ‘डल्लेले इन्ट्री मार्‍यो’

Dalle le

हाँस्य प्रधान सामाजिक फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को सुटिङ मंगलबारबाट कास्कीको याङ्जाकोटमा सुचारु भएको छ । तिहारअघि केही दिन काठमाडौंको गागलफेदी आसपासमा खिचिएको फिल्मको बाँकी झण्डै नब्बे प्रतिशत दृश्य याङ्जाकोटमा खिचिने निर्देशक राजु गिरीले बताए ।

लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा कलाकार तथा मोडल सागर लम्साल (बले) डल्लेको शीर्ष भूमिकामा छन् । सागरसँगै फिल्ममा रमेश बुढाथोकी, रोशनी खड्का, हेमन्त बुढाथोकी, रबिन्द्र झा, बिनोद न्यौपाने, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, ओसिन भट्टराई, लक्ष्मीनाथ तिमिल्सिना, मोहनकृष्ण श्रेष्ठ, रामहरि खड्का, सुचेन्द्र परियार तथा निर्देशक गिरी स्वयंले अभिनय गरेका छन् ।

श्याम लामाको छायांकन रहेको फिल्मको मुख्य सहायक निर्देशकमा बिनयराज पौडेल छन् । सुमन काफ्लेले निर्माण ब्यबस्थापन सम्हालेको फिल्ममा अशोक रोक्काको श्रृंगार, देव महर्जनको द्वन्द्व तथा अर्जुन पोखरेलको गीत छ । उषा फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्मको छायांकन करिब एक महिनामा समापन गर्ने लक्ष्य निर्माण टिमको छ । निर्देशक गिरीले फिल्म २०८२ को अन्त्यमा दर्शकमाझ ल्याइने योजना रहेको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x