Todays Date: २०८२ कार्तिक १९

कैलाशको निर्देशनमा ‘द फन्टुस शो’को प्रशारण सुरु

kailash

नेपालकै पहिलो इम्प्रभ कमेडी शो ‘द फन्टुस शो’ शनिबारबाट ओएसआर रियालिटीमार्फत प्रसारण सुरु भएको छ । कार्यक्रम हरेक शनिबार राति ९ बजे प्रसारण हुनेछ।

हिल्स एण्ड होराइजन फिल्म्स प्रालिको प्रस्तुत यो शोको निर्देशन कमेडियन कैलाश कार्कीले गरेका छन्। उनी पहिले रियालिटी शो कमेडी च्याम्पियनबाट परिचित छन् । कार्यक्रमलाई अर्का कमेडियन सन्तोष थापाले होस्ट गरेका छन् ।

कार्यक्रममा आशिष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रिया सुवेदी र आस्था तिमिल्सिना प्रतिस्पर्धीका रूपमा सहभागी छन्। उनीहरूले विभिन्न चरणमा फरक–फरक इम्प्रभ गेमहरू खेलेर प्रतिस्पर्धा गर्नेछन्।

शो तीन राउन्ड — सिल्भर, गोल्ड र डायमण्ड — मा विभाजन गरिएको छ। प्रत्येक राउन्डमा छ एपिसोड रहनेछ र एलिमिनेशन तथा वाइल्डकार्ड प्रणाली लागू हुनेछ। यसरी २० एपिसोडको अन्त्यमा एक जना विजेता घोषणा गरिनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x