Todays Date: २०८३ जेष्ठ ११

 ‘अभिमन्यु : च्याप्टर–१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

image 2

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को प्रिमियर शोमा दर्शक तथा सिनेकर्मीहरूले फिल्मलाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् । प्रिमियरमा सहभागी धेरैजसोले फिल्मको सरप्राइजिङ स्टोरी, कथ्य शैली र कलाकारहरूको अभिनयको खुलेर तारिफ गरेका छन् ।

सस्पेन्स थ्रिलर ड्रामा जनराको यो फिल्मले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्ने क्षमता राख्ने सहभागी कलाकार, निर्देशक तथा निर्माताहरूको प्रतिक्रिया छ ।प्रिमियर शोमा सहभागी अभिनेता दिव्यदेव पन्तले फिल्मको कथावस्तु, निर्देशन र कलाकारहरूको अभिनय अब्बल रहेको प्रतिक्रिया दिए । कुराकानीमा उनले फिल्ममा महिला कलाकारहरूको प्रस्तुतिलाई विशेष जोड दिए ।

‘सामान्यतया फिल्ममा महिला पात्रलाई जसरी देखाइन्थ्यो वा कन्भिन्स गराइन्थ्यो, त्यो परम्परालाई यो फिल्मले तोडेको छ’, दिव्यदेवले भने, ‘पर्फर्मेन्सको हिसाबले यो एकदमै उत्कृष्ट छ ।’

निर्देशक सोभित बस्नेतले अहिले नेपाली फिल्म क्षेत्रमा आएको परिवर्तनलाई विश्लेषण गर्दै भने, ‘अहिले जति पनि नेपाली फिल्म बढी चलिरहेका छन्, त्यसमा कलाकारका फिल्म चलिरहेका छन् । योभन्दा पहिला स्टारका फिल्म चल्थे, अहिले कलाकारका फिल्म चल्न थालेका छन् ।’ उनले दर्शकले अहिले अनुहार भन्दा पनि अभिनय र प्रतिभालाई प्राथमिकता दिन थालेको बताए ।

प्रिमियरपछि फिल्मका मुख्य अभिनेता कामेस्वर चौरसिया मिडियासामु निकै भावुक देखिए । लामो संघर्षपछि मुख्य भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘कलाकार बन्नको लागि स्क्रिप्ट नै चाहिदो रहेछ।… लिड क्यारेक्टरको लागि एउटा बलियो लिखित दस्तावेज नै चाहिन्छ। जे गरेँ, यहाँ आइपुग्नकै लागि रहेछ ।’

अभिनेत्री लक्ष्मी बर्देवाले आफू यो फिल्मको सुटिङ गर्दा सुत्केरी हुने अवस्थामा (प्रेग्नेन्ट) रहेको खुलासा गरिन् । उनले शारीरिक अवस्था जटिल भए पनि टिम र कथावस्तु उत्कृष्ट भएकाले काम गरेको र फिल्म पर्दामा स्क्रिप्ट पढ्दाभन्दा अझ राम्रो बनेको बताइन् । अर्की अभिनेत्री सरिता गिरीले पुरुष प्रधान फिल्महरू बनिरहेको समयमा ‘अभिमन्यु’ महिला केन्द्रित फिल्म बनेको देख्दा खुसी लागेको बताइन् ।

मोडल तथा अभिनेत्री अलिाशा बास्तोलाले फिल्म हेर्दा आफूलाई भित्रैबाट ‘ब्लकबस्टर’ हुन्छ जस्तो महसुस भएको र यसले ‘पूर्णबहादुरको सारङ्गी’को रेकर्ड तोडोस भन्ने कामना गरिन् । अभिनेत्री रुषा न्यौपानेले नेपालमा चलिरहेको ट्रेन्डभन्दा फरक (सस्पेन्स थ्रिलर) र महिला केन्द्रित फिल्म आएकाले यसले नयाँ जनरा अन्वेषण गर्न हौसला दिने बताइन् ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको ‘अभिमन्यु : च्याप्टर–१’ यही बिहीबारबाट रिलिज हुँदैछ । फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । फिल्मका निर्देशक सुशान्त गौतम हुन् भने क्रिएटिभ निर्देशक मदन थापा हुन् ।

यसमा मुकेश खनालको लेखन रहेको छ भने यसलाई विनोद पौडेल र गुञ्जन गिरीले निर्देशन गरेका हुन् । फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै विश्वव्यापी रूपमा प्रदर्शन गरिनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x