ध्रुव विस्को र सारिका घिमिरेको ‘जित्यो मायाले’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । गीत ‘जित्यो मायाले’ सार्वजनिक गरिएको छ । यो गीतमा ध्रुव विस्को र सारिका घिमिरेको स्वर छ । गीतकार सारिकाले गीतमा प्रयोग गरेका शब्द र संगीतकार विस्कोले तयार पारेको संगीतले दर्शकको मन छुन्छ ।
भिडियोमा दिनेश डीसी, प्रिन्स विश्वकर्मा, रोशनी कार्की, रश्मी भट्ट, रमेश चन्द सोडारी, अनु पराजुली र बलराम परियारको अभिनय छ । भिडियोमा नायक पुष्प खड्काको पनि विशेष भूमिका हेर्न सकिन्छ । पुष्पको सायरीबाट नै भिडियोको सुरुवात गरिएको छ ।
भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइको छायांकन, दिन्सन शाहको सम्पादन छ । गायक तथा संगीतकार ध्रुव नै यो भिडियोको निर्देशन गरेका हुन् ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।