वीरेन रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । अमेरिकाको पेन्सलभेनिया निवासी गायक विरेन रसाइलीले फेरि आफ्नो नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक गरेका छन्।
सीडी विजय अधिकारीले संगीतबद्ध गरेको यस गीतमा दिलीप घिमिरेको शब्द रहेको छ । गीतको देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडीलाई राजा रानीको भूमिकामा प्रस्तुत गरिएको छ । भिडियोमा अमिषा सुवेदी समेत फिचर्ड छिन् ।
ताज प्लालेसमा छायाँकन गरिएको यस भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ । भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । निर्माणकर्ताद्वय रनमाया रसाइली र कुसुम न्यौपाने रहेको यस भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।