‘तिम्रो खुशी’ भन्दै द भ्वाइस अफ नेपाल सिजन ३ का फाइनलिस्ट आर्यन(भिडियो सहित)
काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ का फाइनलिस्ट आर्यन तामाङको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।
यो गीतमा अशोक खड्काको शब्द र निरोज लामाको संगीत रहेको ‘तिम्रो खुशी’ बोलको गीतको भिडियो रिलिज भएको हो ।
यो गीतको भिडियोमा रोशन कालिकोटे र रविना थिङको अभिनय रहेको छ ।
अशोक खड्काको निर्देशनमा तयार भएको भिडियोमा सुशील बानियाँको छायांकन र सुरेश राउतको सम्पादन छ । ‘द भ्वाइस अफ नेपाल ३’को अन्तिम ४ मा पुगेपछि आर्यनको चर्चा चुलिएको थियो ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।