पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालको ‘उड्ने रहर’ (भिडियोसहित)
काठमाडौं । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले नयाँ गीत सार्वजनिक गरेकी छन् । उनले शुक्रबार ‘उड्ने रहर’बोलको गीतको भिडियो आफ्नै ‘रचना रिमाल’ युट्युब च्यानलमा सार्वजनिक गरेकी हुन् । उनले यसअघि ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ बोलको गीत ल्याएकी थिइन् ।
किरण पल्पसाको शब्द, नगेन्द्र श्रेष्ठको संगीत रहेको ‘उड्ने रहर’लाई राहुल प्रधानले एरेन्ज गरेका छन् । गायिका रचना स्वयं फिचरिङ भिडियोमा मिराज अर्यालको छायांकन, निर्देशन एवं सम्पादन छ ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।