News

अस्मिता अधिकारीको ‘जाले रुमाल’, केकीको अभिनय (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयकी लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वरमा रहेको पछिल्लो गीत हो, ‘जाले रुमाल’ । शुक्रबार सार्वजनिक यस गीतमा अस्मिता र गायक अशोक अर्यालको स्वर छ ।

मायाप्रेमको यो गीतमा डा. विष्णुमूर्ति भट्टराई र अशोक अर्यालको शब्द, राजु अर्यालको संगीत रचना, श्यामश्वेत रसाइलीको एरेन्ज छ । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक अर्यालको अभिनय छ ।

दुर्गा पौडेलको छायांकन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments