काठमाडौं । ‘बाँचे आउँला फर्केर’ बोलको लोकदोहोरी गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । गायिका टीका सानुको शब्द रहेको यस गीतमा शान्तिश्री परियार र प्रदीप त्रिपाठीले स्वर दिएका छन् ।
गीतमा प्रदीप त्रिपाठीको लय, सञ्जीव न्यौपाने ‘समर’को थेगो, कृष्ण केसीको एरेञ्ज छ ।
कपिल लामा निर्देशनमा तयार भिडियोमा समीर न्यौपाने, साया भण्डारी, सुरेन्द्र लामिछाने, बालकलाकार खुशी गुरुङ, रिदिक रानाभाट लगायतको अभिनय छ ।
दैनिक ज्याला मजदुरी गरेर खुशीसाथ चलिरहेको परिवारमा दुर्घटनापछि श्रीमान अशक्त हुन्छन् । त्यसपछि श्रीमतीले परिवारका लागि गलत काम गर्न बाध्य भएको कथामा भिडियो निर्माण गरिएको छ ।