काठमाडौं । गायक उदित नारायण धेरै समयपछि नेपाली गीतमा आवाज दिएका छन् ।
डा. प्रकाश पौडेलको शब्द रहेको गीत ‘स्वतन्त्र मन’ मा गायक उदित नारायणको सुमधुर आवाज सुन्न सकिन्छ ।
१५ जनवरीमा डीआरपीपी क्रिएशनको युट्युव च्यानलमार्फत् गीत सार्वजनिक भएको हो । गीतमा संगीतकार राज सागरले संगीत दिएका छन् ।
गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउतको अभिनय देख्न सकिन्छ ।