Todays Date: २०८३ जेष्ठ १२

प्रेम विछोडको भावमा सुबानी मोक्तानको ‘समय’… (भिडियोसहित)

काठमाडौं । गायिका सुबानी मोक्तानले नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘नेपाल आइडल सिजन ४’को निर्णायक समेत रहेकी सुबानीले बुधबार ‘समय’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

सुबानीकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा उनी आफैंले अभिनय गरेकी छन् । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा गायिका सुबानीसँगै अभिनेता पुष्प खड्का मुख्य भूमिकामा छन् । त्यस्तै प्रियाना आचार्य र धुव्र बुढाथोकीको समेत अभिनय छ ।

सुबानीको नयाँ गीत ‘समय’मा प्रेम विछोडको भाव समेटिएको छ । ‘गलत समय वा समय गलत’ जे कुराले आफूहरु अलग भएपनि माया त माया नै भएको कुरा गीतमा अभिव्यक्त गरिएको छ ।

‘सुबानी मोक्तान’ युट्युब च्यानलमा सार्वजनिक भिडियोलाई अमृत सुनुवारले छायांकन र हिमाल जोशीले सम्पादन गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x