Todays Date: २०८३ जेष्ठ १२

पल र मलिकाको सम्बन्धमा सुधार, पुनः एकसाथ देखिए म्युजिक भिडियोमा

काठमाडौं । पछिल्लो समय म्युजिक भिडियोको हिट जोडी पल शाह र मलिका महतसँगै काममा फर्किएका छन् ।

यसलाई पलप्रति मलिकाको असन्तुष्टि मत्थर भएको अर्थात सम्बन्धमा पुनः सुधार भएको रुपमा बुझ्न सकिन्छ । यी दुईजनाले यसैसाता निकेश खड्का निर्देशित म्युजिक भिडियोमा काम गरेका छन् ।

सुटिङ सुरु हुनु ठीक अघि अभिनेत्री मलिका महतले फिल्म ‘सत्यम’ नखेल्ने निधो गरिन् । उनको यस्तो निर्णय पछाडि पल शाहलाई कारण मानिएको थियो । फिल्ममा पल र मलिकालाई जोडीको रुपमा अनुबन्धित गरिएको थियो ।

गायिका समीक्षा अधिकारीसँगको ‘अन्तरंग’ सम्बन्धलाई लिएर पलको विवाद चर्किएपछि मलिकाले ‘सत्यम’ छाडेको फिल्म निकट स्रोतको दावी छ । अहिलेसम्म मलिकाको ठाउँमा अन्य कुनै नायिकालाई कास्ट पनि गरिएको छैन ।

त्यतिमात्र हैन, मलिकाले पल-समीक्षा विवादकै ‘साइड-इफेक्ट’को रुपमा पनि अन्य केही म्युजिक भिडिओ छाडेको पनि चर्चा छ । पलसँगको भिडियोमा अप्रोच गर्दा उनले प्रोजेक्ट अस्वीकार गरेको बताइन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x