Todays Date: २०८३ बैशाख २०

‘तरङ्ग’ फर्स्टलूक पोस्टर रिलिज, वरुण र रविनाको मौनप्रेम

ef867deb a1f6 43b5 93e7 28569d0fff3f

प्रदीपकुमार चौधरीको डेब्यू निर्देशकीय फिल्म ‘तरङ्ग’को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनि देवदत क्रियशनले आइतबार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रचार आरम्भ गरेको हो ।

सार्वजनिक पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी र रविना केसी फिचर्ड छन् । उत्सव पाण्डेले तयार गरेको पोस्टरमा कलाकारद्वय अधिकारी र केसीको मौन प्रेमभाव देखिन्छ ।

यो फिल्ममा वरुण र रविनासँगै बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरी प्रमुख अभिनयमा छन् ।

फिल्मको कथा निर्देशक चौधरीको नै हो । तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको फिल्ममा हरिनारायण चौधरी कार्यकारी निर्माता छन् । महेश पौडेलले छायांकन गरेको ‘तरङ्ग’मा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, मनोज थापा मगर, पवन गिरी र मनोज महतोको संगीत समावेश छ । पार्श्व ध्वनी सुशील डंगोल र सुदीप श्रेष्ठको छ । निर्माण व्यवस्थापन प्रमुख रिजन परियार हुन् ।

मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन । यसै साता फिल्मको आधिकारिक रिलिज मिति सार्वजनिक गरेर प्रचार प्रसारमा जुट्ने निर्देशक चौधरीले बताए ।

फिल्मलाई निर्देशक चौधरीले सुपर नेचुरल लभस्टोरी (अलौकिक प्रेम कथा)को संगम भनेका छन् । समाजमा देखिँदै आएको भोग्दै आएको भन्दा भिन्न प्रकृतिको प्रेमकथामा फिल्म तयार भएको निर्माण टिमको दाबी छ । फिल्मको निर्माणमा देवदत देवदत क्रियशनसँग एवी फिल्मीले सहकार्य गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x