Todays Date: २०८२ चैत्र २७

‘बले’ लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

1756601715bale 1775382897

कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

प्रशासनले अभद्र व्यवहार कसुरमा ‘बले’लाई हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो ।

बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् ।

बलात्कारको गम्भीर आरोप लागेका बलेलाई प्रहरीले शनिबार बूढानीलकण्ठबाट नियन्त्रणमा लिएको थियो । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ ।

तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही कारण प्रहरीले उनीमाथि अभद्र व्यवहार सम्बन्धी कसुरअनुसार प्रमुख जिल्ला अधिकारीबाट हिरासतको अनुमति मागेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x