Todays Date: २०८३ जेष्ठ १२

रियालिटी सो ‘सिंगर’: नेपालभित्रका ६ भाषामा गीत गाउनुपर्ने, विजेतालाई २५ लाख र कार

काठमाडौं । पछिल्लो समय विभिन्न विधामा आधारित रहेर टेलिभिजन रियालिटी सो निर्माणको क्रम बढिरहेको छ ।

गायन, डान्सिङ, कमेडी र एड्भेन्चर रियालिटी सो अहिले नेपाली टिभी पर्दामा प्रसारण भैरहेका छन् ।

यही मेसोमा अर्को एउटा फरक रियालिटी सो निर्माण सुरु हुने भएको छ । ‘सिङ्गर’ सोलफुल भ्वाइस’ नामक रियालिटी शो सुरु हुने भएको छ । आयोजकले यो सो चल्तीको भन्दा भिन्न हुने दावी गरिरहेका छन् ।

यो सोका प्रतिस्पर्धीले नेपालभित्र बोलिने चल्तीका ६ वटा भाषामा गीत गाउनुपर्नेछ । अंग्रेजी र हिन्दी भाषामा भने गाउन नपाइने भएको छ ।

यसअघि नै चर्चा बटुलिसकेका २० जना गायकगायिकालाई यसमा भाग गराइने र अडिसन नगरिने आयोजकले जनाएको छ । बैशाखदेखि प्रसारण सुरु हुने यो सोका निर्णायक केही दिनमा सार्वजनिक गरिने भएको छ ।

विजेताले नगद पुरस्कार २५ लाख सहित कार र गीति एल्बमको सम्झौता प्राप्त गर्ने भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x