Todays Date: २०८२ चैत्र २७

‘कुम्भ’ जेठ १५ गतेदेखि प्रदर्शनमा आउने

निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ। लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा फिल्म छायांकनमा सक्रिय श्रेष्ठले यस फिल्ममार्फत एक्सन–लभ स्टोरी प्रस्तुत गरेका छन्।

ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म नेपाली र हिन्दी दुवै भाषामा रिलिज गरिने जनाइएको छ। फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ।

एक्सन विधामा निर्माण गरिएको यस फिल्ममा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ। फिल्मको नेपाल र साउथ इन्डियामा छायांकन गरिएको फिल्ममा साउथ इन्डियाका थुप्रै कलाकारको अभिनय रहेको छ।

फिल्मको छायांकन निर्देशक श्रेष्ठ स्वयंले गरेका हुन्। द्वन्द्व निर्देशन संजय थापाले गरेका छन् भने निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न छन्।

फिल्मको पहिलो गीत यही शुक्रबार सार्वजनिक गरिने र त्यससँगै प्रचार–प्रसार अभियान सुरु गरिने निर्देशक श्रेष्ठले जानकारी दिएका छन्।

IMG 0870
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x