Todays Date: २०८३ जेष्ठ १२

प्रिज्मा-प्रिन्सीसँग टाढिएका ‘बले’ ट्वीन समारिका-स्मारिकासँग टिमअपमा देखिए

काठमाडौं । मोडल तथा कलाकार सागर लम्साल बले अर्को एक जुम्ल्याहा दिदीबहिनी जोडी समारिक र स्मारिकासँग जोडिएको छ । यी ट्वीनसँग बलेले नयाँ म्युजिक भिडियोमा समेत काम गरिसकेका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बले, समारिका र स्मारिक सँगै देखिए । बलेले आफ्नै गाडीमा राखेर ती ट्वीन सिस्टर्सलाई सँगै प्रेसमिटमा लगेका थिए ।जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडासँग उनको सम्बन्धमा दरार आएको धेरै भएको छैन ।

प्रिज्मासँग त उनको ब्रेकअप नै भयो । बिहेमा कुरा नमिल्दा प्रिज्मा र बलेको सम्बन्धमा दरार आएको बताइन्छ । बलेको विहेको प्रस्ताव प्रिज्माले नमानेपछि यी दुई अलग भएका थिए ।

अलग भएसँगै उनीहरुले व्यवसायिक सहकार्य पनि तोडेका छन् । कुनैबेला साथीभन्दा माथिको सम्बन्ध भएको बताउने प्रिज्मा र बले अहिले एकअर्कालाई नकार्ने अवस्थामा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x