Todays Date: २०८३ जेष्ठ ११

भुवन केसीको ‘बाटुलो जुन’मार्फत पुनरागमन गर्दै गरिमा पन्त

image 5

अघिल्लो दशककी चर्चित अभिनेत्री गरिमा पन्त लामो अन्तरालपछि नेपाली फिल्ममा फर्किएकी छिन् । उनको कमब्याक ‘बाटुलो जुन’ मार्फत हुने भएको हो ।

गरिमाको पछिल्लो चर्चित फिल्म झोला सन् २०१३ मा प्रदर्शनमा आएको थियो । विवाहपछि उनी परिवारसँग बेल्जियममा बस्दै आएकी थिइन् र फिल्मबाट टाढिएकी थिइन् । अब भने भुवन केसी को आगामी फिल्म ‘बाटुलो जुन’ मा उनी भुवनको जोडीका रूपमा देखिनेछिन् ।

गरिमाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो पुनरागमनबारे जानकारी दिएकी हुन् । फिल्मको क्ल्याप बोर्डसहितको तस्बिर सार्वजनिक गर्दै उनले क्यामेरा, सेट र अभिनयसँग पुनः भेट भएको उल्लेख गरेकी छन् । दर्शकको माया, साथ र आशीर्वादको अपेक्षा राख्दै उनले ‘बाटुलो जुन’ टिमप्रति आभार व्यक्त गरेकी छन् ।

गरिमा पन्त सामाजिक र गम्भीर विषयवस्तुमा आधारित फिल्ममार्फत अलग पहिचान बनाउन सफल अभिनेत्री हुन् । विशेषगरी झोला मा उनले निभाएको ‘कान्छी’ पात्र निकै चर्चित बनेको थियो । सतीप्रथाजस्तो संवेदनशील विषय उठाएको उक्त फिल्मले नेपाली समाज र सिनेमामा गहिरो प्रभाव छोडेको मानिन्छ ।

‘झोला’ फिल्मका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । साथै उक्त फिल्ममार्फत उनले सार्क फिल्म फेस्टिभलमा समेत सम्मान प्राप्त गरेकी थिइन्, जसलाई नेपाली फिल्म उद्योगको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x