News

फिल्म डेब्यु गर्दैछिन् अञ्जु पन्तकी छोरी परितोषिका

image 6
image 6

चर्चित गायिका अञ्जु पन्त की छोरी परितोषिका पन्त अब नेपाली रजतपटमा देखिने भएकी छन्। उनले निर्माणको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’ बाट औपचारिक रूपमा अभिनय यात्रा सुरु गर्न लागेकी हुन्।

निर्माता रघुनाथ सापकोटाका अनुसार परितोषिकालाई केही दिनअघि फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको हो। यही फिल्ममार्फत चर्चित लोकगायक पशुपति शर्माले पनि पहिलो पटक फिल्म क्षेत्रमा पाइला टेक्दैछन्।

अभिनय क्षेत्रमा आउनुअघि परितोषिकाले अभिनयसम्बन्धी तालिम लिइसकेकी छन्। उनले यसअघि केही म्युजिक भिडियोका साथै रंगमञ्चमा समेत अभिनय अनुभव बटुलिसकेकी छन्।

फिल्मका लेखक तथा निर्देशक अमरदीप सापकोटा हुन्। रघुजी फिल्म्सको ब्यानरमा बन्ने यस चलचित्रमा थप दुई मुख्य कलाकार रहने बताइएको छ।

यद्यपि फिल्ममा परितोषिका कसको अपोजिटमा देखिनेछिन् भन्ने विषय निर्माण टिमले अझै सार्वजनिक गरेको छैन। निर्माण पक्षका अनुसार यही साताभित्र फिल्मको बाँकी कलाकार र अन्य विवरण सार्वजनिक गरिनेछ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments