Todays Date: २०८३ असार ७

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ : ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेता नीर शाह, उत्कृष्ट अभिनेत्री मिरुना मगर

nirshah

विपिन कार्की र मिरूना मगर अभिनीत ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित भएको छ। ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८२’ मा ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रसहित ३ पुरस्कार जितेको हो।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विजेता तथा सम्मानित व्यक्तित्वलाई पुरस्कार प्रदान गरे।

‘ऊनको स्वीटर’ बाट नवीन चौहान उत्कृष्ट निर्देशक घोषित भए भने अभिनेत्री मिरूना मगरले उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइन्।

उत्कृष्ट अभिनेताको पुरस्कार चलचित्र ‘परान’ बाट वरिष्ठ अभिनेता नीर शाहले प्राप्त गरे।

उत्कृष्ट पटकथातर्फ यम थापा र दीपकप्रसाद आचार्य (परान) पुरस्कृत भए।

उत्कृष्ट छायांकनको पुरस्कार ‘कोशेढुंगा’बाट पदमबहादुर श्रेष्ठ ले जितेका छन् भने यसै फिल्मबाट नहकुल खड्काले उत्कृष्ट सम्पादकको पुरस्कार प्राप्त गरेका छन्।

राष्ट्रिय चलचित्र पुरस्कार पाउनेहरूलाई ट्रफी, नगर २५ हजार रूपैयाँ र प्रमाणपत्र प्रदान गरिएको हो।

‘चलचित्र दीर्घ साधना सम्मान २०८२’ बाट वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ सम्मानित भएका छन्। उनलाई ३ लाख ७५ हजार रूपैयाँ नगदसहित सम्मान प्रदान गरिएको हो।

निर्णायक समिति प्रोत्साहन पुरस्कार ‘रमिताको पिरती’ बाट अभिनेत्री आना शर्मा र ‘झरी पछिको इन्द्रेणी’ बाट नव अभिनेतम बिमोचन दवाडीलाई प्रदान गरिएको छ।

Ncell
चलचित्र क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ११ जनालाई विशेष योगदान सम्मान प्रदान गरिएको छ।

सम्मानित हुनेमा निर्माता विष्णुगोपाल श्रेष्ठ र डा. सिंह गुरूङ, अभिनेत्री मेनुका प्रधान, लक्ष्मी बर्देवा, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रूम्बा, सञ्चारकर्मी प्रकाश सुवेदी, अभिनेत्री तथा खेलाडी एन्जिला तुम्बापो सुब्बा, निर्माता विनोद शेरचन, प्राविधिक शंकर पाण्डे र पत्रकार दिनेश सिटौला (मरणोपरान्त) रहेका छन्।

लिम्बु भाषाको फिल्म ‘नामछोङ’ ले विशेष चलचित्र पुरस्कार प्राप्त गरेको छ भने उत्कृष्ट आदिवासी चलचित्रको सम्मान नेवारी फिल्म ‘इन्दिरा धिमे मैचा’ लाई प्रदान गरिएको छ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कारले सर्जकलाई थप जिम्मेवार र ऊर्जावान बनाउने बताए। चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई मौलिक संस्कृति संरक्षण र प्रवद्र्धनको महत्वपूर्ण साधन भएको उनको भनाइ थियो।

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले कुनै पनि देशको संस्कृति र पहिचान बुझ्न त्यहाँका चलचित्र महत्वपूर्ण माध्यम हुने उल्लेख गर्दै कलाकार समाजलाई जोड्ने सांस्कृतिक दूत भएको बताए।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रले अब सांस्कृतिकसँगै आर्थिक योगदान पनि बढाउने विश्वास व्यक्त गरे।

उनले विचाराधीन चलचित्र विधेयकमा वैदेशिक लगानीसम्बन्धी व्यवस्था समेटिने जानकारी दिँदै आगामी वर्षदेखि राष्ट्रिय चलचित्र पुरस्कारमा ‘उदीयमान कलाकार’ र ‘साउन्ड डिजाइनर’ गरी दुई नयाँ विधा थपिने घोषणा गरे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x