Todays Date: २०८३ असार ७

‘सिन्दुरे जात्रा’ले घोषणा गर्‍यो प्रदर्शन मिति

image 3

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का जोडी विजय बराल र अञ्जना बराइलीको मुख्य भूमिका रहेको फिल्म ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते (२० नोभेम्बर)बाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माताले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । उक्त मितिमा हरिबोधिनी एकादशी (तुलसी विवाह) परेको छ ।

गत जेठमा पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ स्थित आर्थर डाँडाखर्क गाउँमा छायांकनका क्रममा घोडाबाट लडेर विजयको दाहिने हात भाँचिएपछि यतिबेला फिल्मको छायांकन रोकिएको छ । अब यही असार दोस्रो साताबाट बाँकी छायांकन सुरु गर्ने तयारी गरिएको छ । फिल्मको करिब ५० प्रतिशत छायांकन भने पूरा भइसकेको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको कथा तथा निर्देशन रहेको यस फिल्ममा विजय र अञ्जनासहित कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, विनोद न्यौपाने, पूर्वमिस नेपाल उषा खड्गीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्मको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् ।

सारंगी फिल्म्सको प्रस्तुतिमा बन्ने फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह-निर्मातामा छन् । पदम बहादुर श्रेष्ठ फिल्मका छायाँकार हुन् । फिल्ममा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ । फिल्मले एउटी महिलाको मौन पीडा र संघर्ष उजागर गर्ने जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x