Todays Date: २०८३ असार ७

रहेनन् हास्य कलाकार खेम शर्मा ‘चतुरे’

image 8

‘चतुरे’ उपनामले परिचित हास्य कलाकार खेम शर्माको निधन भएको छ । आइतबार बिहान अमेरिकाको बाल्टिमोरस्थित मिडस्टार युनियन मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको ६५ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि अमेरिकामा परिवारसँग बस्दै आएका उनी सात वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए ।

कुनै बेला टेलिसिरियल र फिल्ममा उनी निकै रुचाइएका कलाकार थिए । रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका उनलाई ‘चतुरेको दाउपेज’ नामक टेलिश्रृंखलाले दर्शकमाझ चिनाएको थियो । यसपछि उनी वास्तविक नामले भन्दा ‘चतुरे’ उपनामले बढी चिनिए । हास्य अभिनयमा उनको कमिक टाइमिङ उत्कृष्ट मानिन्थ्यो ।

उनले नाटक र टेलिसिरियलसँगै ‘गोठालो’, ‘करोडपति’, ‘नेपाली बाबु’ ,‘परेली’ ‘धर्म’, ‘घाम छायाँ’ जस्ता एक दर्जनभन्दा बढी फिल्ममा पनि अभिनय गरेका छन् । उनले पछिल्लो पटक सन् २००६ मा प्रदर्शन भएको फिल्म ‘छिमेकी : समयको डोरी’ नामक फिल्ममा अभिनय गरेका थिए । यही नै उनको अन्तिम फिचर फिल्म बनेको छ ।

उनको निधनको खबरले यतिबेला मनोरञ्जन क्षेत्र शोकाकुल बनेको छ । कलाकारहरू सरोज खनाल, प्रेम राजा महत, शिवहरी पौडेल, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), मुकुन्द थापा, सुरवीर पण्डित, महादेव त्रिपाठी, मरिचमान श्रेष्ठलगायतले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको योगदानको स्मरण गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x