Todays Date: २०८३ जेष्ठ ११

एकनारायण भण्डारीको नयाँ गीत ‘जुम्लाबाट आउनुभयो मित’ (भिडियोसहित)

काठमाडौं । गायक तथा संगीतकार एकनारायण भण्डारीको नयाँ गीत ‘जुम्लाबाट आउनुभयो मित’ बोलको सार्वजनिक भएको छ।

पहाडी भेगको जुम्ला र तराई भेगको प्रसंग जोडिएको गीत आइतबार सार्वजनिक गरिएको हो। गीतमा भण्डारीकै संगीत र आकृति विश्वकर्माको स्वर रहेको छ।

गीतले दुई भेगको कथालाई समेटेको छ। दुई भेगको जीवनशैली र रहन सहनका कुराहरु गीतमा समेटिएका छन्। गीतको एरेन्ज स्यामश्वेत रसाईलीले गरेका छन्।

गीतको भिडियोमा सुधिर श्रेष्ठ, विजय पुन र सिर्जना जीसीको अभिनय रहेको छ। भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन्। अजय रेग्मीले खिचेको गीतको भिडियोको सम्पादन तथा संयोजन विकास ज्ञवालीले गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x