काठमाडौं । गायिका निर्मला घिसिङले नयाँ गीत रिलिज गरेकी छन्। सोनाम ल्होछारको अवसर पारी घिसिङले शीरफूल शीर्षकको नयाँ गीत रिलिज गरेकी हुन्।
सेलो शैलीको गीतको भिडियोलाई अजय स्याङ्तानले निर्देशन गरेका छन् । भिडियोमा रोहानी लामा र नरेन मोक्तानको अभिनय रहेको छ ।
गीतमा चन्द्रकुमार दोङको संगीत रहेको छ।
गीतको शब्द पदम मोक्तानले लेखेका हुन् लय पनि पदमकै हो।