काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले कलाकारले व्यक्तिगत कुरा सार्वजनिक गर्दिन भन्न पाउँदैनन् र भन्दै प्रश्न गरेकी छिन् ।
सामाजिक सञ्जालमा उनले असन्तुष्टि पोख्दै भनेकी छन्, ‘पर्दाको चमकधमकपूर्ण जीवनभन्दा केही पर एउटा सार्वजनिक व्यक्तिको नितान्त व्यक्तिगत जीवन पनि हुन्छ ।
तर सार्वजनिक व्यक्तिको ट्यागमा उसका सबैकुरा सार्वजनिक ठानिन्छ र उसलाई मिडियाका नाममा निर्मम तरिकाले प्रहार गरिन्छ । मानवीय संवेदना सकिएको छैन भने यस्ता कुरालाई मनन गरौं र सच्याऔं ।
एउटा कलाकारको जीवनमा पनि सुख-दुःख, उतारचढाव र आरोह-अवरोह प्रशस्त हुन्छन् । पर्दा बाहिर निस्कने वित्तिकै यथार्थको भोगाइमा उसको जीवन बाँच्न अभिशप्त हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’