Todays Date: २०८३ जेष्ठ १२

तेजेश रेग्मीको ‘रातो डोली’ (भिडियोसहित)

काठमाडौं । गायिका कल्पना काफ्ले र तेजेश रेग्मीको आवाजमा रहेको नयाँ गीत ‘रातो डोली’ सार्वजनिक भएको छ । तेजेश रेग्मीको शब्द तथा संगीत रहेको गीत रातो डोली गाउँकै भाकालाई जस्ताको तस्तै टिपेर नयाँपन दिन खोजिएको छ ।

गीतको संगीत संयोजन, मिक्सिङ भने एचबीएन किस्मतले गरेका छन् ।

म्यूजिक भिडियोमा निक्श शर्मा, दिव्या न्यौपाने, पवित्रा काफ्ले र सन्तोष सापकोटाको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई राम केसीले खिचेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका छन् ।

‘रातो डोली’ गायिका कल्पना काफ्लेको यूट्यूबबाट सार्वजनिक गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x