Todays Date: २०८३ जेष्ठ १२

दुर्गमको कथा झल्काउने ‘नुनको भारी’

काठमाडौं । रेलको बाटो गीत लेखेर चर्चा कमाएका लेखक लेखराज गिरीको नुनको भारी नामक भिडियोको पोस्टर सार्बजनिक भएको छ ।

दुर्गम गाँउको बास्तबिकता चित्रण गरिएको नुनुको भारी नामक भिडियोमा त्यहाँको बस्तुस्थिती सहज चित्रण गरिएको अनुमान गर्न सकिन्छ।

समिक्षा फिल्म कम्पनीका अध्यक्ष अर्जुन डोटेलका अनुसार, नुनको भारीको भिडियो बनाउन सात लाख रुपैयाँ खर्च भएको छ ।

बादल थापा मगरको लय र स्वर रहेको गीतको भिडियो अर्काे साता माघ २१ गते सार्बजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

भिडियोमा रेलको बाटो गीतकै कलाकार लक्ष्मण देबकोटा र सरस्वती खत्रीको साथै बसन्त उदास, रुपचन्द्र बुढा, प्रकाश पहाडी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ।

बिनयराज पौडेलको निर्देशनमा १६ दिन लगाएर डोल्पामा छायांकन गरिएको उक्त भिडियो भिमसेन कल्याल ठकुरीले खिचेका हुन्। अनिस घर्तिले ड्रोन अपरेट गरेको भिडियोलाई पदम सुबेदीले सम्पादन गरेका छन् । त्यस्तै रङ संयोजन मिलन बिश्वकर्माले गरेका छ्न्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x