Movies

‘पेन्सन पट्टा’को टिजर सार्वजनिक

dayahang pension patta2 1

कलाकार माओत्से गुरुङको निर्देशनमा बनेको फिल्म ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक साढे २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु संक्षिप्तमा प्रकाश पारेको छ । फिल्मको नामअनुसार टिजर पनि पेन्सन पट्टाकै वरिपरि घुमेको छ, जहाँ नाम नमिल्दा उत्पन्न समस्यालाई देखाइएको छ ।

टिजरअनुसार दयाहाङ राईका बुबा गोर्खा सैनिक हुन्छन् । बुबाको निधनपछि उनी आमालाई लिएर पेन्सन लिन पुग्छन्, तर पेन्सन पट्टामा उनकी आमाको नाम हुँदैन । त्यहाँ अर्कै महिलाको नाम उल्लेख भएपछि उनलाई खोज्न दयाहाङले गर्ने संघर्षलाई टिजरमा देखाइएको छ । टिजरले फिल्मको कथा लाहुरे परिवारको जीवन संघर्ष र भोगाइमा केन्द्रित रहेको स्पष्ट पारेको छ ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा दयाहाङसहित सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, सोल गुरुङ, राज थापा काउचा, पुष्कर गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बूलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

निर्देशक गुरुङ स्वयंको लेखन रहेको फिल्मका निर्माताहरू मीन कोन्मे गुरुङ, भोज बहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ हुन् । फिल्ममा सुशन प्रजापतिको छायांकन तथा कियर कोइचको सम्पादन रहेको छ । फिल्मका गीतमा मनोज थापा मगर, शिव बराइली र सुरुङ गुरुङले संगीत दिएका छन् । फिल्म आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments