News

आमा छोरीको भावनात्मक कथा बोल्ने ‘मास्टर्नी’ रिलिज

priyanka mastarni4 DeN3ydBNg5

आज शुक्रबारबाट फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ । आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको फिल्मले सोलो रिलिजको अवसर पाएको छ।

आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागि आमाले के सम्म गर्न सक्छिन् भन्ने कथामा तयार भएको फिल्मले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

क्राइम थ्रिलर/फ्यामेली ड्रमा जनरामा निर्माण भएको फिल्म चलिरहेको जनरा भन्दा फरक निर्माण भएको छ । प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दिपकराज गिरि, दिपाश्री निरौला लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ।

सुवेन्दु घोषले निर्देशन गरेको फिल्मलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका छन् ।

सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेको फिल्मको कथा प्रियंकाले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन् । संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य छ । युवराज इन्दोरियाको छायाङ्कन तथा राजा सिंह सिदुको सम्पादन रहेको फिल्मलाई नेपालमा आरआर फिल्मसले वितरण गरेको हो ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments