‘झिंगेदाउ २’को प्रदर्शनअघि युट्युबमा सार्वजनिक भयो ‘झिंगेदाउ’
व्यवसायिक सफल फिल्म ‘झिंगेदाउ’ युट्युबमा सार्वजनिक गरिएको छ । यसको सिक्वेल ‘झिंगेदाउ २’ प्रदर्शनमा आउनुअघि पहिलो भाग युट्युबमा रिलिज गरिएको हो ।
‘झिंगेदाउ’ शुक्रबार ओएसआर मुभिजमार्फत सार्वजनिक गरिएको छ ।
२०७९ सालमा हलमा प्रदर्शनमा आएको ‘झिंगेदाउ’ व्यावसायिक रूपमा सफल फिल्म हो । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा केकी अधिकारी, मुकुन भुसाल, आँचल शर्मा, कुशल विष्ट, हिउँवाला गौतम, संगम भण्डारी र विजय देउजालगायत कलाकारको अभिनय छ ।
‘झिंगेदाउ २’ को निर्देशन पनि ज्ञानेन्द्र देउजाले नै गरेका हुन् । असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा पहिलो भागका धेरैजसो कलाकार दोहोरिएका छन् । त्यस्तै, महेश त्रिपाठी र आर्यन सिग्देललगायत कलाकारको समेत प्रमुख भूमिका छ ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।