समीरको डेब्यू फिल्म ‘१२ गाउँ’ युट्युबमा सार्वजनिक
समीर भट्टको डेब्यू फिल्म ‘१२ गाउँ’ युट्युबमा सार्वजनिक भएको छ।
बक्स अफिसमा राम्रो कमाइ गरेको यो फिल्म रिलिजको झण्डै २ वर्षपछि युट्युबमा सार्वजनिक भएको हो।
विराज भट्ट निर्देशित यो फिल्म २०८१ को दसैँमा हलमा प्रदर्शन भएको थियो। यस फिल्मले १९ करोड बढीको व्यापार गरेको थियो ।
यसको दोस्रो ‘१२ गाउँ २’ भने आउँदो दसैँमा रिलिज हुँदैछ । रिलिज हुनअगावै पहिलो भाग युट्युबमा आएको हो ।
एक्सन जनरामा बनेको यस फिल्मबाट अभिनेता विराज भट्टका छोरा समीरले डेब्यु गरेका थिए। यसले घरेलु बक्स अफिसमा झन्डै २० करोड रूपैयाँ ग्रस कमाइ गरेको थियो ।
फिल्मा विराज र समीरसँगै सोनु चन्द्रपाल, दिया मास्के, मुरलीधर, सानिशा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट सिल्भा, सन्तोष सरकार, कनिज कोइराला, सुलेमान शंकर ‘इकु’, कृष्ण भट्ट, कालु राना, अर्जुनजंग शाहीलगायतको अभिनय छ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।