काठमाडौं । पुस ३० गते प्रदर्शन सुरु भएलगत्तै कोरोना महामारीका कारण रोकिएको सिनेमा ‘चपली हाइट ३’ फेरि प्रदर्शनमा आउने भएको छ।
उक्त चलचित्र आगामी फागुन १ गतेदेखि फेरि सिनेमाघरहरुमा प्रदर्शन हुने निर्माता अर्जुनकुमार डंगोलले जानकारी दिएका छन्।
कोरोना महामारीका कारण भएको स्मार्ट लकडाउन आगामी फागुन १ देखि खुकुलो हुँदै स्कुल, कलेज, फिल्महल, पार्टी प्यालेसलगायतका स्थान खुल्ने जानकारी सरकारले गराएकाले ‘चपली हाइट ३’ फेरि प्रदर्शनमा आउन लागेको निर्माता डंगोलले जानकारी दिए।