काठमाडौं । नेप्सिनेको प्रस्तुतिमा नेपाली गीत ‘किन यसरी’को भिडियो रिलिज भएको छ।
डम्बर खनाल ‘आर्यन’को शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियो विधान कार्कीले निर्देशन गरेका छन्। भिडियोमा आकाश श्रेष्ठ र अञ्जली अधिकारीको अभिनय रहेको छ।
मनीषा पोखरेलले कला निर्देशन गरेको यस भिडियोका छायाकार हरि हुमागाईं हुन् भने विकास दाहालले सम्पादन गरेका छन्।
गीतमा लामो समयपछि भेट भएकी प्रेमिकाप्रति पोखिएका गुनासाहरूलाई समेटिएको छ। गायक खनाल हाल अमेरिका बस्दै आएका छन्। उनी भुटानी कम्युनिटीका अमेरिकामा बस्दै आएका नेपाली हुन्।