Todays Date: २०८३ जेष्ठ ११

अनुकूल मितिको पर्खाइमा रहेको ‘चिसो मान्छे’ लाई स्थानीय चुनावको झड्का

काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा निर्मित फिल्म ‘चिसो मान्छे’ तोकिएको मितिमा प्रदर्शन नहुने भएको छ। फिल्मको प्रदर्शन मिति तोकिएको वैशाख ३० गते स्थानीय तहको चुनाव हुने भएपछि फिल्मको प्रदर्शन मिति सरेको हो।

दीपेन्द्रकै लेखन तथा छायांकनसमेत रहेको ‘चिसो मान्छे’लाई प्रतीक्षित फिल्मका रुपमा लिइएको छ। शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका छ।

यसै वर्ष भदौमा प्रदर्शन हुने भनिएको फिल्म कोरोनाका कारण रोकिएको थियो। फिल्मको सम्पूर्ण काम सकिए पनि प्रदर्शनका लागि अनुकूल मितिको पर्खाइमा निर्माण टोली रहेको थियो।

यसअघि दीपेन्द्रद्वारा लिखित तथा निर्देशित फिल्म ‘आमा’ २ वर्षअघि प्रदर्शनमा आएको थियो। दीपेन्द्रले नै छायांकन गरेको फिल्मले दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।

उक्त फिल्म युट्युबमा ७० लाखभन्दा बढी पटक हेरिएको छ। याेबाहेक दीपेन्द्रले ‘चपली हाइट’, ‘पशुपति प्रसाद’, ‘चङ्गा चेट’, ‘धनपति’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्।

निर्माण टोलीले छलफल गरी केही दिनमै ‘चिसो मान्छे’को नयाँ प्रदर्शन मिति सार्वजनिक गर्ने बताएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x