Todays Date: २०८३ जेष्ठ १२

टुंगियो ‘नोगेन’लाई लागेको चोरीको आरोप, अन्ततः बसन्त सापकोटाले मागे माफी

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको गीत ‘नोगेन’लाई चोरीको आरोप लगाएका संगीतकार बसन्त सापकोटाले माफी मागेका छन् ।

सापकोटाले फेसबुक स्टाटसमा आफूबाट गल्ती हुनगएको भन्दै नोगेनका संगीतकार महेश खड्कासँग माफी मागेका हुन् ।

बसन्त सापकोटाले बिनाआधार आफूलाई गीत चोरीको आरोप लगाएर मानहानि गरेको भन्दै महेश खड्काले पत्रकार सम्मेलन समेत गरेका थिए ।

सापकाेटाले आफ्नाे संगीतमा रहेकाे चलचित्र ’सिलसिला’काे गीत ‘सागरसरी चाेखाे माया’बाट चाेरिएकाे आराेप लगाएका थिए । तर विवाद चर्किँदै गएपछि अन्ततः बसन्त सापकोटा पछि हटेर माफी मागेका हुन् ।

‘जानीनजानी मनिसबाट गल्ती हुन्छ र कुराहरु जति धेरै बढाउँदै लग्यो त्यति नै बिग्रँदै जाने हुनाले आफूबाट केही गल्ती भएको भए भने सबै जनासँग माफी माग्दछु’, उनले भनेका छन्, ‘सुषुप्त मनभित्र कहिलेकाहीँ राम्रो धुनहरु बस्न जान्छन् कहिलेकाहीँ एकै खालका शब्दहरु आउँदा धुन पनि मिल्न जान्छ यही कुरालाई हृदयङ्गम गर्दै आदरणीय दाजु महेश खड्कासँग आगामी दिनमा केही असमजदारी देखा परे मिलेर समाधान गर्नेगरी मेरो तर्फबाट पर्न गएको असुवधिाप्रति माफी चाहन्छु ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x