News

चैत १६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा खुला दोहोरी गीत प्रतियोगिता हुँदै

rrr1645580133

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले खुला दोहोरी गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता चैत १६ गतेदेखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

इच्छुक प्रतियोगी कलाकार र समूहहरुलाई २०७८ चैतको पहिलो हप्ताभित्र आआफ्नो समूह दर्ता गर्न प्रतिष्ठानले आग्रह गरेको छ ।

प्रतियोगितामा प्रथम हुनेले दुई लाख २५ हजार, द्वितीयले एक लाख ५० हजार, तृतीय हुनेले एक लाख पुरस्कार प्राप्त गर्नेछन् । शान्तवना पुरस्कार ५० हजार रहेको छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments