Todays Date: २०८३ जेष्ठ १२

पाँचौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ देखि, भौतिक रूपमै हुने

काठमाडौं । पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) १७ चैतदेखि २१ सम्म हुने भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा महोत्सव भौतिक रूपमै हुने भएको हो ।

यसअघि १० चैतदेखि १४ गतेसम्म यो महोत्सव हुने भनिएको थियो । प्राविधिक कारणले मिति परिवर्तन गरिएको सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

अघिल्लो पटक कोरोनाका कारण भर्चुअल रूपमा महोत्सवको आयोजना भएको थियो । यस पटक महोत्सवमा ३८ देशका ८९ चलचित्रबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको सातवटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ ।

यसपटक चलचित्र हलमा भौतिक रूपमा प्रदर्शन हुनुका साथै अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x