Todays Date: २०८३ जेष्ठ १२

‘बाल अधिकार’ खोज्दै बाल गायिका अपेक्षा बस्न्यात (भिडियोसहित)

काठमाडौं । बाल गायिका अपेक्षा बस्न्यातको आवाजमा ‘बाल अधिकार’ बोलको गीत सार्वजनिक भएको छ। बुद्धवीर लामाको शब्द तथा नारायण लामाको संगीत रहेको गीत भिडियोसहित युट्युबमार्फत सार्वजनिक गरिएको हो।

गीतमा बालअधिकारबाट वञ्चित बालबालिकाहरूको व्यथा समेटिएको छ। राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा महत्त्वपूर्ण मुद्दाका रुपमा चर्चा भए पनि लाखौँ बालबालिका अझै बाल अधिकारबाट वञ्चित रहेको गीतमार्फत बताइएको छ।

पढ्ने खेल्ने उमेरमा विभिन्न कारखानाहरूमा काम गर्नुपर्ने बाध्यता भएका र पेटभरि खानेकुराका लागि संघर्ष गरिरहेका बालबालिकाको कथा ‘बाल अधिकार” गीतले देखाएको छ।

जयराम थापाको निर्देशनमा बनेको भिडियोमा जिज्ञासा थापा, लिशा थापा र अपेक्षा बस्न्यातको अभिनय रहेको छ। भिडियोका छायांकन जयराम थापाकै रहेको छ भने सम्पादन कमल खालिङले गरेका हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x