Todays Date: २०८३ जेष्ठ १२

चलचित्र ‘बाबरी’को रिलिज मिति घोषणा

काठमाडौं । चलचित्र ‘बाबरी’को रिलिज मिति घोषणा गरिएको छ । शिवरात्रीको अवसर पारेर निर्माण टिमले चलचित्रको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका रहेको चलचित्र बाबरी आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्रको पोस्टरमा मुख्य तीन पात्रको क्यारेक्टर नाम पनि चिनाइएको छ । अदिति विजेता, धिरज मगर बिक्रान्त र धिरज नाडकर रोनिश बनेका छन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रको कथा निर्देशक पौडेल स्वयंले लेखका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x