Todays Date: २०८३ जेष्ठ १२

‘२ नम्बरी’को छायांकन, चैत १ गतेबाट, पल र जयनन्द लामाको ठाउँमा को ?

काठमाडौं । चलचित्र ‘२ नम्बरी’को छायांकन चैत १ गतेदेखि पुनः हुने भएको छ । दुई वर्षअघि छायांकन सुरु भएर रोकिएको चलचित्रको निर्माणपक्ष छायांकन स्थलको खोजीका लागि निस्किएको छ ।

यो चलचित्रमा दयाहाङ राई, पल शाह, वर्षा राउत, भुटानी अभिनेत्री उगेन छोदन र जयनन्द लामाको मुख्य भूमिका थियो ।

अभिनेता पल शाह एक नाबालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा छन् । यसैले पनि चलचित्रको लागि अर्को नायक लिने तयारीमा निर्माणपक्ष छ ।

कलाकार जयनन्द लामाको निधन भएकाले उनको भूमिका अरु कोही हास्य कलाकारले गर्ने तयारी थालिएको छ ।

निर्माता किरण नेपालीका अनुसार अहिले चलचित्रको टिम पोखराभन्दा केही माथिको गाउँ ल्याङ्ग्रीमा छ । दुई वर्षअघि केही प्रतिशत छायांकन सुरु गरेर पनि कोरोना महामारीका कारण चलचित्रको काम रोकिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x