News

‘मन्तर मोहनी’ मा महजोडीको फरक अवतार (भिडियोसहित)

काठमाडौं । महजोडी अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको फरक अवतार भएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सँधै दर्शकलाई व्यंग्यात्मक ख्यालठट्टाले हसाउँदै आइरहेको जोडीले अब जादु गरेको पनि देख्न सकिने छ ।

आइतबार रिलिज भएको म्युजिक भिडियो ‘मन्तर मोहनी’मा महजोडीलाई जादुगरको भूमिकामा चित्रण गरिएको छ ।

कालीप्रसाद बास्कोटाको लेखन र संगीत रहेको गीतमा गायिका सराना श्रेष्ठले आवाज भरेकी छन् ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको छ ।

भिडियोमा महजोडी, गायिका श्रेष्ठ, अभिनेता पुष्प खड्का र बाल कलाकारमा सन्दीप क्षेत्रीकी छोरी साम्राज्ञी क्षेत्री फिचर्ड छन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments