‘चिसो एष्ट्रे’को शीर्ष गीत सार्वजनिक
काठमाडौं । रविन तामाङको आवाजमा ‘चिसो एष्ट्रे’को शीर्ष गीत रिलिज गरिएको छ ।
अभिनयमा जम्नुअघि थुप्रै रक गीत गाएका तामाङ आजभोलि संगीतभन्दा ज्यादा अभिनयमा नै सक्रिय छन् ।
उनकै शब्द तथा संगीत रहेको फिल्मको शीर्ष गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको थियो ।
अंग्रेजीमा गाइएको ‘चिसो एष्ट्रे’ बोलको गीतले युवाको जीवन शैलीलाई अभिव्यक्त गरेको छ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।