जेनिश उप्रेतीको वास्तविक कथासँग मेल खाने ‘बाटो’
काठमाडौं । भ्वाइस अफ नेपाल किड्सका बिजेता जेनिश उप्रेतीको स्वरमा ‘बाटो’ बोलको गीत सार्वजनिक भएको छ । जेनिसलाई उनकै कोच प्रमोद खरेलले स्वरमा साथ दिएका छन् ।
सार्वजनक गीतमा भुपेन्द्र खड्काको शब्द, भानुभक्त ढकालको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको छ ।
जेनिसको वास्तविक कथासँग मेल खाने कथामा गीत तयार पारिएको छ । गीतको भिडियो हेर्दा उनको वास्तविक कथा नै देखाउन खोजेको स्पष्ट हुन्छ ।
प्रमोद खरेलको कन्सेप्ट तथा निर्देशन रहेको भिडियोमा लक्ष्मी बर्देवा, जेनिस उप्रेती, लोकराज अधिकारी, भानुभक्त ढकाल लगायतको अभिनय रहेको छ ।
अर्जुन तिवारीको छायाँकन रहेको भिडियोमा मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।