News

‘बुलाकी’मा सुरक्षा पश्चिम नेपालको भेषभुषामा

1646813527 Bulaki Suraksha panta movie poster

काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्म ‘बुलाकी’को फर्स्ट लुक सार्वजनिक भएको छ। फिल्मको पोस्टर मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सार्वजनिक भएको हो।

फिल्मको पोस्टरमा अभिनेत्री सुरक्षा पन्त पश्चिम नेपालको भेषभुषामा देखिएकी छिन्। पोस्टरमा एकल रुपमा देखिएका सुरक्षाको मार्मिक लुक्स समावेश छ। फिल्मका निर्देशक सुनारकाअनुसार फिल्ममा कर्णालीकी एक महिलाको भूमिकामा सुरक्षा देखिएकी छिन्।

फिल्ममा कर्णाली भेगकै जनजीवनको कथा समेटिएको छ। डोल्पा, जाजरकोट, रुकुमलगायतका क्षेत्रमा खिचिएको फिल्ममा नरेन्द्र खड्का, विराज विष्ट, प्रकाश कँडेललगायतका कलाकार मुख्य भूमिकामा छन्।

त्यस्तै, फिल्ममा कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइबा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटालगायतका कलाकारको अभिनय रहेको छ।

मोती विष्टको प्रस्तुति रहेको फिल्म टोपेन्द्र विष्टको लगानीमा निर्माण भएको हो। छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्मलाई शिव ढकालले खिचेका छन्।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments