काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’को फर्ष्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
मुख्य कलाकार प्रदीप खड्का र दिया मास्के पोष्टरमा फिचर्ड छन् । उनीहरू गाउँले लुक्समा देखिएका छन् ।
दिनेश राउतले निर्देशन गरेको चलचित्रले रिलिज डेट पनि लिएको छ । चलचित्रका नायक प्रदीपको जन्मदिनको अवसर पारेर ‘प्रकाश’ले रिलिज डेट घोषणा गरेको हो ।
सार्वजनिक भएको पोस्टरमा नायक खड्कासँगै नायिका दिया मास्के देखिएकी छन्। पोस्टरमा उनीहरू विकट गाउँको पात्रमा देखिएका छन्। विकट गाउँका युवाले जागिरको लागि गरेको संघर्षको कथा फिल्ममा देख्न सकिने निर्माण पक्षले बताएको छ।
लामो समयअघि चलचित्रको निर्माण सकिए पनि कोरोना महामारीको कारण फिल्म प्रदर्शन हुन सकेको थिएन। यस फिल्मलाई हिन्दी भाषामा पनि प्रदर्शनको तयारी भएको निर्माण पक्षले बताएको छ।